`

झापामा कार्यकर्ता भेटघाट सकेर इलामतर्फ लागे बालेन

Nepal One HD ७ माघ २०८२ १८:४३
बिशेष

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) इलामतर्फ लागेका छन् । बुधबार अपराह्न चुनावी कार्यक्रमका लागि बालेन पूर्वी पहाडी जिल्ला इलाम लागेका हुन् ।

बालेनले बिहीबार बिहान ८ बजे इलामका दुईवटै निर्वाचन क्षेत्रका रास्वपा उम्मेदवारसँग चुनावी भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपा इलाम जिल्ला सभापति टिका ओडारीले जानकारी दिए ।आगामी फागुन २१ को चुनावका लागि रास्वपाबाट इलाम–१ मा विमल गदाल र इलाम–२ मा गोकुल राई उम्मेदवार छन् ।

झापा–५ मा उम्मेदवारी दर्ता गर्न मंगलबार बिहान झापा आएका बालेनले दमकमा बास बसेर बुधबार बिहानदेखि चुनावी भेटघाट सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *