‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
कास्की। देशको पर्यटकीय पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन हुने ‘टाइगर कप’राष्ट्रिय/अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिताको खेलाउँदैछ । आयोजकले आज सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछ । पुरुषतर्फ पहिलो खेल पाहुना टोली मालदिभ्स र नेपाल आर्मी क्लबकाबीच हुनेछ भने महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी क्लब आमनेसामने हुनेछन् ।
माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच गरी ११ टिमको सहभागिता रहेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
