`

ऋषि धमलाको मतदाता रिझाउने नयाँ शैली

Nepal One HD १० माघ २०८२ २०:५०
प्रमुख खबर

आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ ।

विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा उत्रिएपछि मतदाता रिझाउन नयाँ–नयाँ शैली अपनाइरहेका छन् । उनको चुनावी अभियानका दृश्यहरू यतिबेला फेसबुक, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यापक रूपमा भाइरल भइरहेका छन् । धमलाको प्रचारको सबैभन्दा चर्चित पक्ष मतदातासँगको भावनात्मक मिलन बनेको छ । गाउँका वृद्धवृद्धा र सर्वसाधारणलाई भेट्दा उनी भावुक हुँदै अंकमाल गर्ने र रुने गरेका भिडियोहरू छ्याप्छ्याप्ती देखिएका छन् ।

चुनावी प्रचारका क्रममा उनी कतै खेतमा पुगेर किसानसँगै उखु काटिरहेका देखिन्छन् भने कतै हलुवाई पसलमा बसेर जेरी पकाउन सघाइरहेका भेटिन्छन् । जनताको काममा प्रत्यक्ष सहभागी भएको देखाएर आफूलाई ’भुइँमान्छे’ को रूपमा स्थापित गर्ने उनको प्रयास देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *