बालेन कैलालीमा, पुगे उम्मेदवारहरूको सम्पर्क कार्यालय {तस्वीरहरु}
प्रमुख खबर
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह कैलाली पुगेका छन् । कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन् । बालेन शाहले कैलाली क्षेत्र नं. १ का उम्मेदवार कोमल ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगतप्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का उम्मेदवार आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगेर उम्मेदवार तथा कार्यकर्तासँग छलफल गरेका हुन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
