`

सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

Nepal One HD १५ माघ २०८२ २०:५३
प्रमुख खबर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले सभापति लामिछानेलाई सेलुलाइटिसको उपचारपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिनुभएको हो ।

सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेपछि स्वास्थ्य समस्यामा पर्नुभएको थियो ।

चोटपछि औषधि सेवन गर्दा सुधार नआएर सङ्क्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको र सोही कारण उहाँ यही माघ १३ गते हाडजोर्नी विभागअन्तर्गत अस्पतालमा भर्ना हुनुभएको थियो ।

यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *