`

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

Nepal One HD २१ माघ २०८२ १६:४९
खेलकुद

काठमाडौं । एक्ससिड इनर्जी ड्रिङ्क र नेपाल क्रिकेट संघ (क्यान) बीचको सहकार्यअन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

एक्ससिड इनर्जी ड्रिङ्कको लोगो अंकित नयाँ जर्सी राष्ट्रिय खेलकुद परिषद्का महासचिव रामकृष्ण श्रेष्ठले बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट संघ र एक्ससिड इनर्जी ड्रिङ्कबीच जर्सी प्रयोजनसम्बन्धी दुई वर्षे सम्झौता भइसकेको छ । सो सम्झौताअन्तर्गत एक्ससिड इनर्जी ड्रिङ्कको लोगो अंकित जर्सी राष्ट्रिय महिला क्रिकेट टोलीका लागि प्रयोग गरिने जनाइएको छ ।

जर्सी सार्वजनिक कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्ससिड इनर्जी ड्रिङ्कका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एक्ससिड इनर्जी ड्रिङ्कले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जर्सी प्रयोजनमार्फत खेलाडीहरूलाई प्रोफेसनल, आत्मविश्वासी र सकारात्मक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ ।

क्यानका महासचिव रामकृष्ण श्रेष्ठले निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले नयाँ जर्सीले राष्ट्रिय महिला क्रिकेट टोलीको परिचय अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिलाई थप गौरवमय बनाउने विश्वास व्यक्त गरे ।

नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच, एक्ससिड इनर्जी ड्रिङ्कले आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको सेलर हेर्ने दर्शकहरूका लागि २ हजार थान नेपाली क्रिकेट टोलीको जर्सी निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *