जनताको पीडामा राजनीतिक दोकान रविले खोल्दैन : लामिछाने (भिडियो)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको पीडामा राजनीति गर्ने दोकान कहिल्यै नखोल्ने बताएका छन् ।
जनतामा व्याप्त निराशामा दोकान थापेर राजनीति गरेको कतिपयको आलोचनाबीच लामिछानेले यस्तो बताएका हुन् ।
उनले रास्वपाले प्रतिनिधिसभामा जनतालाई पीडाबाट बाहिर निकाल्ने खालका कानुन र नीति नियम बनाउने दाबी गरे ।
‘जनतालाई सधैँ पीडित राख्ने होइन कि पीडाबाट बाहिर निकाल्न आवश्यक कानुन सांसदका रूपमा हामीले बनाउने हो । कस्तो कानुन बन्दाखेरी ? कस्तो नीति बन्दाखेरी सम्बन्धित मानिसहरूलाई फाइदा हुन्छ ? पीडितहरुलाई मल्हम लगाउन सकिन्छ र न्याय दिन सकिन्छ ? त्यसै क्षेत्रमा पीडा भोगेका र विज्ञता हासिल गरेका मान्छेले भन्न सक्ने हो,’ उनले भने, ‘तपाईंको पीडामा राजनीति गर्ने दोकान रास्वपाले रोल्दैन । रवि लामिछानेले खोल्दैन ।’
लामिछाने चुनावी अभियानमा छन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उनले रास्वपालाई मत माग्दै बहुमत दिलाउन मतदातासमक्ष आग्रह गर्दै आएका छन् ।
उनले देश बनाउने भन्दै आएका छन् ।
