`

घर पाएका सुकुमबासीले ओलीलाई भने, ‘ओत दिनुभयो, साथ दिन्छौं’

Nepal One HD ४ फागुन २०८२ १४:११
नेकपा एमाले

दमक। ७८ वर्षिय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सरे, कुनै हिसाब छैन ।

आफ्‌नो जमिन र घर नभएका उनी मजदुरी गरेर जीविको पार्जन गर्दै आइरहेका छन् ।  तर वृद्धावस्थामा प्रवेश गरे पछि भने चुनौती थियो, दिगो र न्यानो ओतको । ६ वर्ष अघि उनले दमक १ मा सरकारले बनाई दिएको पक्की घर पाए । त्यही घरमा सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुग्दा उनी भावविभोर भए ।

ओलीलाई भेट्नसाथ उनले भने, ‘हामीलाई यस्तो राम्रो ओत दिनु भयो, हामी तपाईलाई सधैं भरि साथ दिनेछौं।’

उनी जस्तै यस बस्तिका बासिन्दाहरुले ओलीकै कारण जीवनमा कल्पना पनि नगरेको सुविधायुक्त घर पाएको बताएका थिए ।
नमुना बस्तिमा पुगेका अध्यक्ष ओलीले खुट्टो भाँचिएर ओछ्यान पर्नु भएकी विष्णुकुमारी विकसँग पनि भलाकुसारी गरे । त्यस क्रममा उनले विकको स्वास्थ्यलाभको कामना गरे ।

अध्यक्ष ओलीकै परिकल्पनामा दमकका सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि यहाँ एकिकृत नमुना बस्ति बनाइएको हो । यहाँ थापा जस्तै जीवनमा कहिल्यै घर र घडेरी बनाउन नसकेका भुमिहिनहरुको बसोबासको व्यवस्था मिलाइएको छ ।

यहाँ २३ परिवार भुमिहिनले आधारभूत सुविधायुक्त घर पाएका छन् । यो बस्ति निर्माणका लागि अध्यक्ष ओलीकै पहलमा एक करोड ४० लाख रुपैयाँ बजेट पनि प्राप्त भएको थियो । यो बस्ती तत्कालिन प्रधानमन्त्री ओलीले नै विपन्न वस्तिमा बसोबास गर्नेलाई साँचो हस्तान्तरण गरि उद्घाटन गरेका थिए ।

यस बस्तिमा घरमात्र छैनन् । शौचालय, विद्युत, खानेपानी र पक्कि सडकको सुविधा पनि छ । बस्तिभित्र ब्लक विछ्याईएको पक्कि बाटो छ । अहिले त आफ्‌नै घर पाएका भुमिहिनहरुको मेहनतले बस्ति भित्रको हरियालीले पनि यसलाई मनमोहक बनाएको छ । सुकुमबासीहरुलाई डोजर चलाएर, लखेटेर र अमानवीय व्यभार गरेर बजारबाट धमाउने विकल्प मात्रै छैनन् । सहरबाट गरिब होइन, गरिबी हटाउनु पर्छ भन्ने बुझेकाहरुले यसरी पनि व्यवस्थापन गर्न सक्दा रहेछन् भन्ने उदाहरण दिएको छ, यो बस्तीले ।

अध्यक्ष ओलीको परिकल्पनामा विकास भएको यो बस्ति पछि वडा नं. ७ मा समेत यहि प्रकारको एकिकृत बस्ति बसालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *