`

भक्तपुर-२मा महेश बस्नेतको घरदैलो अभियान सुरू

Nepal One HD ५ फागुन २०८२ १६:५९
जसपा नेपाल

भक्तपुर। आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको घरदैलो अभियानमा स्थानीय बासिन्दाद्वारा भव्य स्वागत गरेका छन् ।

मंगलबार बिहान मध्यपुरथिमि वडा नं. ८ मा आयोजित कार्यक्रममा बोडेका बासिन्दाले नेता बस्नेतलाई टीका, माला, खादा तथा दशीको सगुन खुवाउँदै विजयको आर्सीवाद समेत प्रदान गरे। स्थानीयहरूले विकासको दृष्टिकोण भएको नेता मात्र भोटका योग्य हुने बताए।

तीन घण्टाको अभियानका क्रममा बस्नेतले स्थानीय बासिन्दासँग सडक, खानेपानी, ढल लगायतका समस्याबारे छलफल गरे। उनले बस्ती वा वर्गमा विभेद नगरी सबैको आवश्यकता र विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

उम्मेदवार बस्नेतले बोडेका ऐतिहासिक सम्पदा, कला र संस्कृतिको संरक्षण, पर्यटकको आकर्षण, होमस्टे विकास र घरमै रोजगारी सृजना गर्ने योजनाको समेत प्रतिबद्धता व्यक्त गरे। उनले मतदातालाई सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन आग्रह गर्दै अधूरो विकासको काम पूरा गर्ने भरोसा दिलाए।

बोडे क्षेत्रका स्थानीयहरूले विकासमुखी, जनताको पक्षमा र राष्ट्रियताको समर्थन गर्ने पार्टीलाई मात्र भोट दिने दृढता व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *