`

झण्डा जलाएको घटनामा माफी माग्न युवासंघको चेतावनी: प्रतिवादका लागि तयार रहन निर्देशन

Nepal One HD ८ फागुन २०८२ १४:२१
नेकपा एमाले

काठमाडौं । दाङमा रास्ट्रिय स्वतन्त्र पार्टीका समर्थकले नेकपा एमालेको झण्डा जलाएको विषयमा प्रतिक्रिया दिँदै नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले डटेर प्रतिवाद गर्ने चेतावनी दिएको छ । युवा संघले अराजकता, उद्दण्डता र आपराधिक गतिविधिलाई  शसक्त प्रतिवाद गरेको विगत सम्झाउँदै झण्डा जलाउने घटना असह्य भएको बताएको छ ।

युवा संघका अध्यक्ष महाराजा गुरूङले विज्ञप्ति जारी गरी झण्डा जलाउनेलाई कारबाही गर्न माग गर्दै उनले माफी माग्न रास्वपालाई चेतावनी दिएका छन् ।

साथै, प्रतिवादका लागि तयार रहन पनि उनले मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *