झण्डा जलाएको विरोधमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला
निर्वाचन
काठमाडौं। अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौंमा मसाल जुलुस निकालेको छ। प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको पुत्ला दहन गरिएको थियो।
अनेरास्ववियुले आरआर क्याम्पस परिसरबाट जुलुस सुरु गरेको जनाएको छ। उक्त घटनाले लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने भन्दै संगठनले कडा आपत्ति जनाएको छ।
यसैबीच, एमालेले आफ्नो झण्डा जलाउने कार्यमा रास्वपाका नेता तथा कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। तर रास्वपाले आरोप अस्वीकार गर्दै घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
