`

मतदानमा झापा-५ का मतदाताको उत्साहपूर्ण सहभागिता, अहिलेसम्म खस्यो ७२ हजार भन्दा बढी मत

Nepal One HD २१ फागुन २०८२ १५:००
निर्वाचन विषेश

दमक ।  प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । 

चुनावी प्रतिस्पर्धाका कारण देशभरको ध्यान खिचेको यो क्षेत्रलाई यसपटक ‘चुनावी इपिसेन्टर’का रूपमा समेत हेरिएको छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म यस क्षेत्रमा ७२ हजार ५ सय ५४ मत खसिसकेको छ । 

यहाँ कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका छन् । दिउँसो ३ बजेसम्मको विवरणअनुसार करिब आधाभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *