`

पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान

Nepal One HD ७ चैत २०८२ १७:३४
नेपाली कांग्रेस

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन्। 

केही समयदेखि स्वास्थ्य समस्याका कारण सिंगापुरमा उपचाररत रहेका देउवा हङकङ गएका हुन् । उपचारको प्राथमिक चरण सम्पन्न भएपछि उनी थप स्वास्थ्य जाँच तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएको देउवा निकट स्रोतले जनाएको छ।

देउवा गत २१ फागुनको आम निर्वाचन अघि नै सिंगापुरतर्फ प्रस्थान गरेका थिए। २०४८ सालदेखि प्रत्येक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका देउवाले यसपालि भने मतदान गर्न समेत गएनन्। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *