चुनावी हारको समीक्षा गर्न बोलाइयो कांग्रेस बैठक
नेपाली कांग्रेस
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा भएकाे हारकाे समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक मङ्गलबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बाेलाएकाे हाे । बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि बताइएकाे छ ।
यसअघि शुक्रबार र शनिबार बैठक बसेकाे थियाे । दुई दिने बैठकले सभापतिबाट गगन थापाले दिएकाे राजीनामा अस्वीकृत गर्याे । मङ्गलबार भने चुनावी समीक्षामा थापा पनि सहभागी हुने भएका छन् ।
‘बदलिएकाे काङ्ग्रेस’ काे नारा लिएर थापाकाे नेतृत्वमा चुनावमा गएकाे काङ्ग्रेसले लज्जास्पद हार बेहाेर्याे । थापा स्वयम् पराजित भए ।
यसपछि थापा पार्टीकाे सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । मङ्गलबार भने बैठकमा सहभागी हुने भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
