`

अब ८ देशमा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय भोल्टी सेवा

Nepal One HD १० चैत २०८२ १८:२७
विज्ञान-प्रविधि

काठमाडौं । नेपाल टेलिकम ले आफ्नो अन्तर्राष्ट्रिय सेवा विस्तार गर्दै डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ।

मंगलबारदेखि लागू भएको उक्त सेवाका लागि टेलिकमले Telenor DenmarkSK Telecom सँग सम्झौता गरेको जनाएको छ।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवानमा उपलब्ध यो सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि विस्तार भएको हो। यससँगै अब कुल ८ देशमा अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ।

अन्तर्राष्ट्रिय रोमिङमार्फत प्रयोगकर्ताले विदेशमा समेत नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्छन्। भोल्टी (Voice over LTE) प्रविधिमार्फत एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्न मोबाइलमा भोल्टी सुविधा सक्रिय हुनुपर्ने र सेट पनि सो प्रविधि सपोर्ट गर्ने हुनुपर्नेछ। मोबाइलको स्क्रिनमा ‘HD’ वा ‘VoLTE’ देखिएमा सेवा उपलब्ध भएको बुझ्न सकिन्छ।

यदि सेवा सक्रिय नभएको अवस्थामा *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छानेर सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *