अर्थमन्त्री स्वर्णिम वाग्लेले भने– राजश्व अनुसन्धान विभाग खारेज गर्छौँ (भिडियो)
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक अवस्था–पत्र सार्वजनिक गर्ने बताएका छन् । आर्थिक अवस्था–पत्र तयार गर्न एउटा टिम गठन गरिएको उनको भनाइ छ ।
टिमले पाँच दिनभित्र १३ चैतसम्मको वैश्विक, क्षेत्रीय र राष्ट्रिय आर्थिक अवस्थापत्र तयार गर्ने बताए ।
‘अहिलेको विषम् वैश्विक, क्षेत्रीय र राष्ट्रिय आर्थिक अवस्था जुन छ, आज चैत १३ गते (सत्ता हस्तान्तरण हुँदा)सम्मको पछिल्लो आर्थिक अवस्था पत्र तयार गर्नका लागि एउटा टिम तयार भएको छ । त्यसले पाँच दिनभित्र हामीलाई रिपोर्ट दिन्छ । त्यसैको आधारमा हामीले भावी योजना तयार गर्ने भन्ने छ ।’
रामेश्वर खनाल आयोगको आर्थिक सुझाव सुधार प्रतिवेदन कार्यान्वयन गर्ने पनि उनले बताए । यसबाहेक राजश्व अनुसन्धान विभागलाई खारेज गर्ने पनि अर्थमन्त्री वाग्लेले बताए ।
याे दाेहन र लुटमा विश्वास गर्ने राज्य नभएकाे भन्दै उनले विभागकाे प्रभावकारिता नभएकाे उनकाे भनाइ छ ।
