`

ओलीलाई ‘भिडियो कन्फ्रेन्सिङ’बाट अदालतमा उपस्थित गराउने तयारी (भिडियो)

Nepal One HD १५ चैत २०८२ ११:३९
भिडियो

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउन भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यम प्रयोग गर्ने तयारी गरिएको छ। स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई भौतिक रूपमा अदालतमा ल्याउन नसकिने भएपछि यस्तो विकल्प अपनाउन लागिएको हो।

शनिबार(हिजो) बिहान गुन्डुबाट पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई अस्पतालमै राख्न सुझाव दिएका थिए।

यही सिफारिसका आधारमा सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतले जनाएको छ।

यसैबीच, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर काठमाडौं वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

उता, शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।

ओली र लेखक दुवै जनालाई भदौ २३ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *