प्रचण्ड नेकपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
माओवादी केन्द्र
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७ सिट जितेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेताका रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरिएको छ।
आइतबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो। उनलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको सांसद युवराज दुलालले जानकारी दिए।
त्यस्तै,दलको उपनेता भने पछि चयन गर्ने सहमति नेकपाले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
