`

विवादपछि ब्रिजकोर्सको निर्णयमा स्पष्टिकरण दिँदै शिक्षामन्त्री पोखरेल(भिडियाे)

Nepal One HD १६ चैत २०८२ १८:५२
बिशेष

काठमाडौं। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले कोचिङ सेन्टरहरूले विद्यार्थी तानातान गर्ने प्रवृत्ति बढेकाले ब्रिज कोर्स बन्द गर्ने निर्णय गरिएको बताएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले मानसिक रूपमा दबाबमा रहेका विद्यार्थीको हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको स्पष्ट पारे।

उनले कक्षा ११ मा भर्नाका लागि सञ्चालन हुने ब्रिज कोर्स तथा ट्युसन सेन्टरहरू बन्द गरिए पनि उच्च तहका अध्ययनका लागि सञ्चालन हुने तयारी कक्षामा भने रोक नलगाइएको जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार एमबीबीएस, इन्जिनियरिङलगायतका प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि सञ्चालन हुने कक्षाहरू भने यथावत् रहनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *