`

रबि भेट्न बुढानिलकण्ठ पुगे महन्थ ठाकुर

Nepal One HD १७ चैत २०८२ ११:३४
राजनीति

काठमाडौं । रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर बीच भेटवार्ता भएको छ। जसपा नेपाल का नेता समेत रहेका ठाकुरले लामिछानेको बुढानीलकण्ठस्थित निवासमा पुगेर भेट गरेका हुन्।

दुवै नेताबीच वर्तमान राजनीतिक अवस्था, मधेसको विकास र प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

भेटमा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *