`

देउवा निवास अहिले नभत्काइने

Nepal One HD १८ चैत २०८२ ११:४७
अर्थ समाचार

काठमाडौं। बुढानिलकण्ठमा रहेकाे तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा निवास अहिले नभत्काइने भएकाे छ।

जेनजी आन्दोलनका क्रममा पुराना नेताहरुको घर आगजनी गर्ने क्रममा बूढानीलकण्ठ स्थित उक्तघरमा आगजनी गरेका थिए । जेनजी आन्दोलनपछि बनेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको बालेन सरकारले अहिले जलेको घर भत्काउन ३७ लाख रुपैयाँमा ठेक्का लागेर काम सुरु भएपनि उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ।

प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका लागि घर भत्काउने काम रोकिएको हो। यस घटनाले देउवा परिवारको सम्पत्तिको स्रोत र वैधतामाथि थप प्रश्न उठाएको छ।

हाल सम्बन्धित बालेन नेतृत्वको सरकार र अन्य निकायहरूले टार्गेटमा राखेर २०४६ साल पछि सार्वजानिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्तिबारे विस्तृत अनुसन्धान अघि बढाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *