श्रीलङ्काद्वारा ३९ वटा देशलाई निशुल्क पर्यटन भिसा दिने तयारी
विश्व
काठमाडाैँ । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको छ । यससँग सम्बन्धित नियमहरू मन्त्रिपरिषदको स्वीकृति पछि संसदमा पेस गरिने सरकारी अधिकारीले बताएका छन् ।
पर्यटन क्षेत्रको पुनरुत्थान र वृद्धिलाई समर्थन गर्ने उद्देश्यले यो प्रयास सन् २०२५ जुलाई २१ को मन्त्रिपरिषद् बैठकमा अनुमोदन गरिएको थियो । यस कार्यक्रम अन्तर्गत योग्य पर्यटकहरुलाई निःशुल्क पर्यटक भिसा जारी गरिने मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले पत्रकारहरुसँगको साक्षात्कारमा बताएका छन् ।
अध्यागमन र आप्रवासन ऐनका प्रावधानहरू अनुरूप कानुन विभागले योजनाका लागि मस्यौदा नियमहरू तयार गरेको जनाइएको छ । जुन नियमहरु अनुमोदनका लागि संसदमा पेस गरिने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
