प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकअघि कांग्रेस सांसदहरूको बैठक सिंहदरबारमा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरूको बैठक बसिरहेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक प्रारम्भ हुन अगाडि बैठक बसिरहेको हो । आज दिउँसो २ बजे दुवै संसदको बैठक बस्दैछ ।
कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । अन्य दलहरू रास्वपा, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले दलको नेता चयन गरिसकेका छन् ।
आन्तरिक विवादमा रुमलिएको कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन । बैठकले दलको नेता चयन गर्न सक्ने सम्भावना पनि रहेको एक नेताले बताए ।
बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सांसद तथा निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बेलगायत नेताहरू सहभागी छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
