`

पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरुः इरानी सञ्चारमाध्यम

Nepal One HD २८ चैत २०८२ २०:१८
विश्व

तेहरान। मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् ।फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना) को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।”

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको छ भने मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *