`

एकदिन प्रधानमन्त्री बन्ने भन्दै हर्कले बालेनलाई भने– म त प्रश्न सोध्ने वातावरण मिलाउँछु (भिडियो)

Nepal One HD ६ वैशाख २०८३ १६:५७
भिडियो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एकदिन प्रधानमन्त्री बन्ने बताएका छन् ।

उनले प्रधानमन्त्री भएछि बालेनजस्तो नबोल्ने नभई कम्तिमा एकचोटी महिनामा प्रेससँग बोल्ने बताए ।

प्रधानमन्त्री बालेन नबोल्दा के हुँदैछ भन्ने पत्तो नभएको र त्यसरी सुशासन सम्भव नहुने साम्पाङको तर्क छ ।

सुशासनका लागि पारदर्शी अनिवार्य हुने भन्दै उनले प्रश्न सोध्ने वातावरण मिलाउने पनि बताए ।

‘हर्क साम्पाङ आज सांसद छ, भोलि मन्त्री हुन सक्छ, एकदिन प्रधानमन्त्री हुन सक्छ । तर, जति नै जानेको भए पनि म तपाईंहरूलाई माया गर्छु । म प्रश्न सोध्ने वातावरण दिन्छु । हप्तामा एकचोटी नभए पनि महिनामा एकचोटी बोल्नुपर्छ प्रेसमा,’ उनले भने, ‘के हुँदैछ, के हुँदैछ, थाहै छैन । त्यस्तो चाहिँ होइन, म प्रश्नको उत्तर दिन्छु । किनभने पारदर्शीताबिना सुशासन सम्भव छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *