…अनि रवि डोजर आतंकको जवाफ नदिइ गाडीमा चढेर हुइँकिए (भिडियो)
बिशेष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीहरूलाई नयाँ आइफोन दिएको भन्ने समाचार गलत भएको बताएका छन् । गलत समाचारको जवाफ आफूले नदिने उनको भनाइ छ ।
पार्टी केन्द्रीय सचिवालय बैठकपछि उनलाई सञ्चारकर्मीहरूले सोधेका थिए– दुई तिहाई सरकारको मन्त्रीहरूलाई उपचार आइफोन रहेछ होइन सभापतिज्यू ?
जवाफमा सञ्चारमन्त्रीले होइन भनेकाले आफूले गलत समाचारको जवाफ नदिने बताएका हुन् ।
बालेन सरकारले डोजर आतंक सिर्जना गरेको र विगतमा सरकारले त्यसो गरे आफू छातीमा गोली थाप्न तयार रहेको बताउने उनलाई सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । तर, उनी जवाफ नदिई गाडी चढेर हुइँकिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
