बालेन सरकारको आलोचनामा उत्रिए राजेन्द्र लिङ्देन : भने– प्रचार होइन, परिणाम खोजिन्छ (भिडियो)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बालेन सरकार परिणाममुखी भन्दा पनि प्रचारमुखी भएको भन्दै आलोचना गरेका छन् ।
२४ घण्टामा सवारी चालक अनुमति पत्र पाउँछ भनेर प्रचार गरिएको तर त्यो सही नभएको बताए । उनले अब प्रचार नभई परिणाम खोजिने बताए ।
‘म अस्ति लाइसेन्स लिन गएको थिएँ, मेरो नवीकरण गर्नुपर्ने, लाइसेन्स लिनुपर्ने थियो । काम फटाफट भयो । भिड थिएन र लाइसेन्स मागेको तर टुंगो छैन,’ उनले भने, ‘२८ लाख आवेदकले पाउन बाँकी छ, चार लाख त बागमती प्रदेशको मान्छेको मात्रै छ, मैले लाइसेन्स पाइनँ तर २४ घण्टामा लाइसेन्स दिन थालियो भनेर प्रचार बाहिर आइरहेको छ । अब यस्तो खालको प्रचारले पुग्दैन, अब परिणामहरू खोजिन्छ ।’
आफूलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूले छापिएपछि खबर आउने जानकारी दिएको पनि बताए ।
‘कहिले आउँछ ? भन्दा अब २८ लाख मान्छेको बाँकी छ दाई, जुन दिन आउँछ, त्यही दिन खबर हुन्छ भनियो,’ उनले भने ।
उनले रास्वपाले गृहमन्त्री सुधन गुरुङबारे लागेको आरोपबारे प्रष्ट पार्नुपर्नेमा पनि उनले जोड दिए ।
