लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
समाचार
काठमाडौँ। प्रहरी देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ, बारालगायत जिल्लाबाट प्रहरीले अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका-९ स्थित काँडाघारी टोलबाट तीन, मकवानपुर, हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङबाट एक, मोरङ, पथरीशनिश्चरे नगरपालिका–४ मिलन चोकबाट तीन, ताप्लेजुङ, फुङलिङ नगरपालिका-२ बाट तीन र बाराको निजगढ नगरपालिका–११ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
