`

राष्ट्रपतिले संसदमा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत (भिडियो)

Nepal One HD २८ वैशाख २०८३ १२:३७
भिडियो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ।

सिंहदरबारमा बसेको बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन स्वीकृत गरेको शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

आजको बैठकले सरकारले आजै ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गर्नेछ।

सोमबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *