‘सरकारले नागरिकलाई आत्महत्यामा धकेल्यो’: खुस्बु ओली(भिडियाे)
बिशेष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा गरिब र धनीबीच विभेद गरेको आरोप लगाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकको जीवनभन्दा ठूलो केही नभएको बताउने सरकारले अहिले दुई नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाइन्।
‘हिजो सिंहदरबारभन्दा नागरिकको ज्यान ठूलो हो भन्ने सरकारले आज दुई जना नागरिकलाई आत्महत्याको अवस्थामा पुर्याएको छ,’ उनले भनिन्, ‘यसको नैतिक जिम्मा सरकारले नै लिनुपर्छ।’
उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको विषयमा पनि आपत्ति जनाइन्। संसद् अधिवेशन चलिरहेका बेला सरकारले अध्यादेशको बाटो रोज्नु गलत भएको उनको टिप्पणी थियो।
‘संसद् हुँदाहुँदै पनि सरकारले अध्यादेशको बाटो अपनायो,’ उनले भनिन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
