`

‘८१ को नीति तथा कार्यक्रम ८३ मा ज्यूँका त्यूँ सारिएको छ’ : ज्ञानेन्द्र शाही

Nepal One HD २९ वैशाख २०८३ १६:३५
बिशेष

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्लो वर्षकै दस्तावेजको ‘हुबहु प्रतिलिपि’ भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०८१ र २०८३ सालका नीति तथा कार्यक्रमका पुस्तक देखाउँदै तुलना गरेका थिए ।

उनले भने, ‘मेरोटा किताब छन्  हातमा दुईव। एउटा २०८३ सालमा हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्नुभएको नीति तथा कार्यक्रम र अर्को २०८१ सालमा राष्ट्रपति रामचन्द्र पौडेलले नै सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रम । हुबहु एउटै छ ।’

शाहीले २०८१ सालको नीति तथा कार्यक्रममा २१७ बुँदा रहेको र अहिलेको कार्यक्रममा १०० बुँदा मात्रै भए पनि अधिकांश विषयवस्तु उस्तै रहेको दाबी गरे ।

उनले भने, ‘लेख्ने मान्छे त एउटै रहेछ । घर गएर मज्जाले पढ्दा हुन्छ, हुबहु छ । एक-दुई वटा कुरा कहीँकहीँ फरक छन् । तर हामीले चाहेको व्यापक सुधार थियो । नयाँ-नयाँ साथीहरू आएका छन् । पार्टी जोसुकै होस्, अनुहार नयाँ छन् । नीति तथा कार्यक्रममा पनि नयाँपन आउला भन्ने अपेक्षा थियो, तर हुबहु फोटोकपीजस्तो देखियो । केही शब्द त ज्यूँका त्यूँ सारिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *