`

महावीर पुन गुनासो- ‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस्’ (भिडियो)

Nepal One HD २९ वैशाख २०८३ १६:४२
बिशेष

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा सांसद महावीर पुन ले प्रतिनिधिसभामा आफूलाई कम समय दिइएको भन्दै सभामुखसमक्ष गुनासो गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले आफूलाई पाँच मिनेट मात्र समय छुट्याइएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले सभामुखसँग बोल्ने समयको सीमा पुनर्विचार गर्न आग्रह गर्दै भने, ‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस् । अरूलाई १०–१५ मिनेट दिँदा मलाई पाँच मिनेटमा सीमित नगरियोस् । तपाईंहरूको पार्टी सदस्यभन्दा मेरा देश-विदेशमा समर्थक धेरै छन् ।’

पुनले स्वतन्त्र सांसद भएकै कारण आफूलाई कम प्राथमिकता दिन नहुने धारणा पनि राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *