`

एमालेको प्रश्न – दैनिक एक सयका दरले कसरी एउटा परिवार काठमाडौंमा बाँच्न सक्छ ?

Nepal One HD ६ जेठ २०८३ १२:०१
जसपा नेपाल

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले उपत्यकासहित विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले स्थायी बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई उठीबास लगाइएको बताएका हुन् ।

उनले भने, ‘हिजो मात्रै नेपाल सरकारले गम्भीर त्रुटि गरेको छ । दिगो बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई उठीबास लगाएको छ ।’

सरकारले जेठ, असार र साउन महिनाका लागि प्रत्येक परिवारलाई १५/१५ हजार रुपैयाँ दिने निर्णय व्यावहारिक नभएको उनको भनाइ थियो ।

बरालले प्रश्न गरे, ‘यसरी दैनिक एक सयका दरले कसरी एउटा परिवार काठमाडौंमा बाँच्न सक्छ ?’

उनले सुकुम्बासीमाथि अमानवीय हमला गरिएको दाबी गर्दै अस्थायी बसोबासस्थलबाट बलजफ्ती निकालिएको तथा होल्डिङ सेन्टरमा समेत अमानवीय व्यवहार भएको बताए ।

सांसद बरालले पुनर्स्थापनाका नाममा २५ हजार रुपैयाँ दिने निर्णय पनि हचुवाका भरमा गरिएको भन्दै त्यसले सुकुम्बासीलाई झन् समस्यामा पार्ने टिप्पणी गरे ।

उनका अनुसार सरकारको वर्तमान व्यवहारका कारण समस्यामा परेका सुकुम्बासी झन् अपमानित हुँदै गएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *