हर्कले आज पनि गरे प्लेकार्ड देखाएर विरोध
बिशेष
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रतिनिधिसभा बैठकमा आज पनि प्लेकार्ड देखाएर विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै उनी आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।
राईले जेठ ४ गतेदेखि निरन्तर रूपमा संसद् बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् । आजको बैठकमा पनि उनले सोही शैलीलाई निरन्तरता दिएका हुन् ।
सदनमा लगातार भइरहेको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आफ्नो धारणा राख्न समय दिएका छन् ।
हर्क साम्पाङले पछिल्ला दिनहरूमा सरकार संसद्प्रति जिम्मेवार नभएको, मन्त्रीहरूले सांसदले उठाएका प्रश्नको जवाफ नदिएको तथा जनसरोकारका विषयमा सरकार गम्भीर नभएको भन्दै विरोध जनाउँदै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
