बाँदर भगाउन रकेट बनाउन भन्दा गारो छ : महावीर पुन(भिडियाे)
काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले देशका विभिन्न स्थानमा देखिएको बाँदर आतंक नियन्त्रणका लागि वैज्ञानिक अनुसन्धान आवश्यक रहेको बताएका छन्।
उनका अनुसार बाँदर नियन्त्रणका लागि तत्काल कराएर वा नाराबाजी गरेर समाधान ननिस्कने भएकाले व्यवस्थित अध्ययन र प्रविधिमूलक उपाय खोज्नुपर्ने आवश्यकता छ। यसका लागि सरकारले ५ देखि ७ करोड रुपैयाँ बजेट छुट्याउनुपर्ने उनको सुझाव छ।
सांसद पुनले संसदमा भइरहेको छलफलप्रति संकेत गर्दै बाँदर समस्या भाषण वा दबाबले समाधान नहुने बताए। उनले बाँदर बुद्धिमान जनावर भएकाले यसको व्यवस्थापनका लागि विश्वव्यापी रूपमा प्रभावकारी उपाय अहिलेसम्म विकास नभएको दाबी गरे।
उनले बाँदर नियन्त्रणसम्बन्धी अनुसन्धान टोली गठन गर्ने तयारी भइरहेको सुन्नमा आएको उल्लेख गर्दै आफूलाई पनि उक्त टोलीमा समावेश गर्न अनुरोध गरेको बताए। उनका अनुसार वैज्ञानिक अध्ययनमार्फत मात्र दीर्घकालीन समाधान सम्भव हुने र एकल उपायले समस्या समाधान नहुने उनको धारणा छ।
