विपक्षीले बालेन खोजेपछि, हस्याङ्ग-फस्याङ्ग गर्दै सभामुख पुगे भेट्न
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच करिब आधा घण्टा लामो भेटवार्ता भएको छ।
विपक्षी दलले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै ‘खोजी’ गरेपछि बैठक स्थगित गरेर सभामुख स्वयं प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
भेटवार्तामा संसद्को पछिल्लो गतिविधि, विपक्षी दलले उठाएका प्रश्न र प्रधानमन्त्रीको सदनमा उपस्थितिका विषयमा छलफल भएको बताइएको छ।
यसअघि प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउनुपर्ने माग गर्दै निरन्तर प्रश्न उठाउँदै आएका थिए। उनीहरूले प्रधानमन्त्रीलाई बोलाउन सभामुखले औपचारिक रुलिङ गर्नुपर्ने माग पनि गर्दै आएका छन्।
तर हालसम्म प्रधानमन्त्रीको तर्फबाट सदनमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र विधेयक पेश गर्ने काम भइरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
