`

गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने

Nepal One HD ११ जेठ २०८३ १२:११
बिशेष

काठमाडौं । गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीबाट औपचारिक सम्बोधन नहुने निर्णय गरिएको हो। टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न आग्रह गरिएको बताइएको छ।

सरकारले यसपटक गणतन्त्र दिवसलाई थप भव्य र व्यवस्थित रूपमा मनाउने तयारी गरेको भए पनि प्रधानमन्त्रीको सम्बोधन नहुने निर्णयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। प्रधानमन्त्री कार्यालयले भने कार्यक्रम व्यवस्थापन तथा समय तालिकाका कारण यस्तो निर्णय गरिएको जनाएको छ।

गणतन्त्र दिवस नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धिका रूपमा प्रत्येक वर्ष जेठ १५ गते मनाइन्छ। २०६५ सालमा संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। त्यसयता हरेक वर्ष विशेष समारोह, सांस्कृतिक कार्यक्रम तथा औपचारिक समारोहमार्फत यो दिवस मनाउने परम्परा रहँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *