अनुदान क्रमशः हटाउँदै लाने सरकारको घोषणा
अर्थ समाचार
काठमाडौं। सरकारले कृषि क्षेत्रमा दिँदै आएको विभिन्न अनुदान क्रमशः हटाउँदै लैजाने नीति लिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि तथा पशु बीमामा भने ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि अनुदानको दुरुपयोग घटाउन र लक्षित क्षेत्रमा मात्रै सहुलियत केन्द्रित गर्न यस्तो नीति ल्याइएको बताएका छन्। सरकारले प्रत्यक्ष नगद तथा अन्य अनुदानलाई व्यवस्थित गर्दै बीमा प्रणालीमार्फत किसानलाई संरक्षण गर्ने रणनीति अघि सारेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
