स्यूचाटारमा देशकै पहिलो ‘एआई कम्प्युट सेन्टर’ स्थापना गरिने
अर्थ समाचार
काठमाडौं। सरकारले काठमाडौंको स्यूचाटारमा कृत्रिम बौद्धिकता (एआई) कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो केन्द्र देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट सेन्टर’ हुने बताए ।
‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले भने, ‘हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइनेछ ।’
उनका अनुसार सेन्टरमार्फत हजारौं एआई प्रोसेसिङ युनिटहरू सञ्चालनमा ल्याइनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
