`

१५ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा सिचाई सुविधा पुर्याउने

Nepal One HD १५ जेठ २०८३ १७:१३
अर्थ समाचार

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा थप १५ हजार ८०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत उक्त योजना सार्वजनिक गर्दै सिँचाइ पहुँच विस्तारसँगै देशभर खेतीयोग्य जमिनको सिँचाइ कभरेज ६४ प्रतिशत पुर्‍याइने बताएका छन्।

सरकारले कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षा सुदृढीकरणलाई लक्ष्य राख्दै सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *