द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड
अर्थ समाचार
काठमाडौं। सरकारले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन्।
उनका अनुसार द्रुतमार्गमा ४० वटा पुल निर्माण हुनेछन् भने ५.४ किलोमिटर लामो सुरुङमार्ग पनि निर्माण गरिनेछ।
सरकारले राष्ट्रिय महत्वको उक्त आयोजनालाई तीव्र गतिमा अघि बढाउँदै यातायात पूर्वाधार सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
