अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क उपचार
अर्थ समाचार
काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलाडीलाई सम्मानजनक जीवन सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको बताएका छन्।
सरकारले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने खेलाडीहरूको योगदानको कदर गर्दै दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित गर्ने नीति अघि सारेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
