बालेन सरकारको पहिलो बजेटको आकार २१ खर्ब २४ अर्ब
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्।
सरकारले आर्थिक वृद्धि, पूर्वाधार विकास, सामाजिक सुरक्षा र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्दै ठूलो आकारको बजेट ल्याएको जनाएको छ। अर्थमन्त्री वाग्लेले बजेटलाई दीर्घकालीन आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी विस्तारमा केन्द्रित गरिएको बताए।
बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र यातायात पूर्वाधारमा विशेष जोड दिइएको छ। साथै सामाजिक सुरक्षा कार्यक्रम विस्तार, कर प्रणाली सुधार र प्रशासनिक दक्षता वृद्धि गर्ने लक्ष्य पनि लिइएको छ।
सरकारले राजस्व संकलन वृद्धि, वैदेशिक लगानी आकर्षण र सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने नीति लिएको छ।
विश्लेषकहरूले यस बजेटलाई महत्वाकांक्षी र ठूलो आकारको भन्दै कार्यान्वयन पक्ष प्रमुख चुनौती हुने बताएका छन्। सरकारले स्रोत व्यवस्थापन र खर्च अनुशासन कायम गर्दै लक्ष्य हासिल गर्ने दाबी गरेको छ।
