ऊर्जा विकासमा सरकार उल्टो बाटो हिँड्यो : एमाले महासचिव पोखरेल
प्रमुख खबर
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा विकासमा सरकार उल्टो बाटोमा हिँड्यो भन्दै प्रश्नैप्रश्न गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिँडेको बताए ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ ।
उनले लेखेका छन्, ‘उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारे सरकारको उल्टोबाटो
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?
नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम हो।
पेट्रोलियम प्रोडक्टको अभाव र मुल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतिय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्नेगरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको छ ।
यदि बजेटको आकार बढाउने नाममा आय श्रोत देखाउन यस्तो निर्णय हुनपुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्दछ । सरकार आफैले नाफा लिएर विक्रि गरेको विद्युत खपत वृद्धिहुदा भ्याट लागएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम् उपयोग गर्न प्रेरित गर्नु पर्दछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
