२० हजारले बढ्यो सुनको मूल्य
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ हजार ३४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
