`

लिपुलेकबारे बालेन : ‘इंग्ल्यान्डसँग पनि छलफल भइरहेको छ’

Nepal One HD १७ जेठ २०८३ १३:५३
राजनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले लिपुलेक सीमा विवादबारे विभिन्न देशहरूसँग कूटनीतिक संवाद भइरहेको बताएका छन् ।

सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले भारत र चीनसँगै इंग्ल्यान्डसँग पनि छलफल भइरहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘ब्रिटिसकालमा सीमा के कस्तो थियो भनेर इंग्ल्यान्डसँग पनि कुरा गरिएको छ’

उनका अनुसार लिपुलेकबारे सरकारले भारतसँग स्पष्ट अडान राखिसकेको छ र भारतबाट पनि जवाफ आएको छ ।

प्रधानमन्त्रीले थपे, ‘अब इतिहासविद्हरूसमेतलाई राखेर टेबलटक गर्ने कुरा छ । इंग्ल्यान्डसँग पनि हामीले कुरा गरेका छौँ’

सरकारले सीमा विवादलाई कूटनीतिक र ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्ने तयारी गरिरहेको पनि उनले संकेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *