`

लिपुलेक, कालापानी र लिम्पियाधुरा विवाद टेबलटकबाट समाधान गर्ने : प्रधानमन्त्री

Nepal One HD १७ जेठ २०८३ १३:५८
प्रमुख खबर

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल–भारतबीच लामो समयदेखि विवादित लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा समस्या कूटनीतिक संवाद (टेबल टक) मार्फत समाधान गरिने बताएका छन्।

प्रधानमन्त्री शाहले सीमा विवादलाई तनावको विषय होइन, संवाद र कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै सम्बन्धित पक्षसँग उच्चस्तरीय वार्ता अघि बढाइने संकेत दिएका छन्।

नेपालले उक्त क्षेत्रलाई आफ्नो संवैधानिक नक्साअनुसार नेपाली भूभाग दाबी गर्दै आएको छ भने भारतले भने आफ्नो प्रशासनिक नियन्त्रण रहेको बताउँदै आएको छ। सोही विषयमा दुई देशबीच लामो समयदेखि कूटनीतिक तानातान रहँदै आएको छ।

हालै भारतले धार्मिक यात्राका लागि उक्त मार्ग प्रयोग गर्ने निर्णयपछि नेपालले आपत्ति जनाएपछि विषय पुनः चर्चामा आएको छ। यसबीच प्रधानमन्त्री शाहले समस्या समाधानका लागि प्रत्यक्ष संवादलाई प्राथमिकता दिने बताएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *