`

बालेन आए हर्क आएनन्

Nepal One HD १७ जेठ २०८३ १३:५७
राजनीति

काठमाडौं। प्रधानमन्त्री बालेन शाह संसद बैठकमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित रहेका छन् ।

साम्पाङ लामो समयदेखि प्रधानमन्त्री संसदमा आएर जवाफ दिनुपर्ने माग राख्दै संसदभित्र आन्दोलन तथा बहिष्कार गर्दै आएका थिए ।

आज उनी अनुपस्थित हुनु संयोग मात्र भएको अनुमान गरिएको छ । सोही पार्टीका अन्य सांसदहरू पनि बैठकमा उपस्थित नभएको जनाइएको छ ।

तर श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भने प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *