`

बालेनको दाबी: ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’

Nepal One HD १७ जेठ २०८३ १४:००
राजनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले भारतसँगको सीमा विवादबारे नयाँ दाबी गर्दै नेपालले पनि भारततर्फको जमिन मिचेको  बताएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं’

प्रधानमन्त्रीको यो भनाइपछि सीमा विवाद समाधानका लागि दुवै देशबीच संवाद र टेबल टकमार्फत समाधान खोज्ने संकेत गरेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *