`

नेपालले भारतको भूमि मिचेको प्रमाण खोइ ? – राप्रपा

Nepal One HD १८ जेठ २०८३ १५:०१
भिडियो

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले संसदमा दिएको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेका छन्।

सोमबार  प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने दाबी गरेको विषयलाई गम्भीर भन्दै त्यसको आधार र प्रमाण सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तथ्य र प्रमाणबिना आएको हो भने त्यसलाई संसदको अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग  माग गरे।

शाहीले भने, ‘प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु।’

उनले प्रधानमन्त्रीको भनाइलाई सामान्य चिया-चौतारीको गफसँग तुलना गर्न नमिल्ने भन्दै यस्तो संवेदनशील विषयमा जिम्मेवार र प्रमाणित अभिव्यक्ति आवश्यक हुने बताए।

उनका अनुसार राज्यको कार्यकारी प्रमुखले संसदजस्तो सर्वोच्च मञ्चमा बोलेको विषयले अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय हितमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले हल्का रूपमा लिन नहुने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *